राजेशको कम्ब्याक कति फलदाई !

राजेश हमाल नाम नै काफी छ, नेपाली फिल्मका दर्शकको लागि । उनले अब निखिल उप्रेतीको फिल्ममा काम गर्ने रे ।

लामो समय सम्म राजेश हमालको नेपाली फिल्म जगतमा एक छात्र राज चल्यो । उनको टाउको प्रयोग गरेर धेरैले धेरै कमाए पनि । अझै सम्म पनि उनको उपस्थिति बिक्दै छ भनेर केहि अघिको एक कार्यक्रमको उनको बोलीमा बनेका समाचार र हलमा लागेको वाहवाहीले पुस्टि गरेको छ ।

तर उनको अब नयाँ फिल्ममा काम गर्न लागेको खबरले क्रेज कम पो गराउने हो कि ? संख्या थप्दै गर्दा गुणस्तरमा अझै ह्रास ल्याउछ की ?

आफ्नो भएको स्टारडम जोगाउदै चुपचाप बस्ने की, नयाँ फिल्ममा धमाकेदार कम्ब्याक गर्ने ? उनकै इच्छा ।