हार्वी वाइन्स्टाइन लाई २३ वर्षको जेल सजाय

प्रभावशाली हलिउड निर्माता हार्वी वाइन्स्टाइनलाई अदालतले २३ वर्षको जेल सजाय सुनाएको छ । उनलाई लगाइएको पाँच आरोप मध्ये  दुइमा दोषी ठहर गरिएको थियो । यौन दुर्व्यवहारको मुद्धा खेपिरहेका ६७ वर्षीय वाइन्स्टाइन बुधबार अदालतमा व्हिल चेयरमा उपस्थित भएका थिए । उनलाई सन् २००६ मा प्रोडक्सन एसीस्टेन्ट मिरियम हाले माथि गरिएको पहिलो डिग्रीको यौन अपराध र सन् २०१३ मा अभिनेत्री जेसिका मान माथिको थर्ड डिग्री वलात्कारको लागि सजाय सुनाइएको हो ।

उनका वकिलले सजाय कम गरेर ५ वर्षमा झार्नको लागि अपिल गरेका थिए । वाइन्स्टाइनले पनि पहिलो पटक अदालतमा सम्बोधन गर्दै आफुले गरेको काम प्रति गहिरो पछुतो गरेका थिए तर आफु र अन्य बिरुद्ध आएको मिटु अभियानले भ्रमित भएको बताएका थिए ।

सन् २०१७ को अक्टोबरमा दर्जन बढी महिलाहरुले वाइन्स्टाइनलाई यौन शोषण, दुर्ब्यबहार र बलात्कारको आरोप लगाएका थिए । हलिउड अभिनेत्रीहरु ग्वेनेथ पाल्ट्रो, उमा थरम्यान र सल्मा हाएकले पनि उनलाई यौन शोषणको आरोप लगाएका थिए ।

वाइन्स्टाइनले ‘पल्प फिक्सन’, ‘सेक्सपियर इन लभ’, ‘गुड विल हन्टिङ’ लगायतका चर्चित फिल्महरु निर्माण गरेका छन् ।