टम ह्यांक्सलाई कोरोना संक्रमण

हलिवुड अभिनेता टम ह्यांक्समा कोरोनाको संक्रमण देखिएको छ । ६३ वर्षीय ओस्कार बिजेता ह्यांक्स यतिबेला पत्नी रिता विल्सनको साथ अस्ट्रेलियामा छन् । उनीहरु दुवैमा कोरोनाको संक्रमण देखिएको हो । यस विषयमा ह्यांक्स आफैले जानकारी दिएका हुन् । अब उनीहरुको नियमित टेस्टहरु गरिनेछ र आइसोलेसनमा राखिनेछ ।

चर्चित गायक एल्भिस प्रेसली को जीवनीमा आधारित फिल्मको लागि ह्यांक्स अस्ट्रेलिया गएका हुन् । फिल्मलाई बाज लरमानले निर्देशन गर्दै छन् । फिल्ममा ह्यांक्सले प्रेसलीको म्यानेजर कोलोनेल टम पार्करको भूमिका निभाउदै छन् ।