शिशन-शृंखला जोडी फ्लप नबनोस् !

चर्चित नेपाली भ्लगर शिशन बानियाँ म्युजिक भिडियोमा देखिएका छन् । उनी आफै निर्देशित भिडियो हिमाली भेगमा खिचिएको छ । बिपुल क्षेत्रीको गीत आकर्षक बनेको छ ।

तर शिशनको अभिनय ? खास भिडियोमा अभिनय नै छैन । गीतको  भाव भिडियोले समेटेको नै लाग्दैन ।

आफ्नो क्षेत्र बाहेक उनलाई खासै धेरैले चिन्दैन थिए, जब सम्म उनको नाम पुर्व मिस नेपाल शृंखला खतिवडासंग जोडियो ।

अरु कसैको प्रेममा रहेकी शृंखलाको मन खै कहिले शिशन तिर ढल्कियो पत्तै भएन । तर जे भयो दुवैलाई राम्रो भयो ।

शृंखलासंग नाम जोडीएपछि शिशनको चर्चा छुट्टै छ । भ्लग बनाउदै बस्ने उनले अहिले त टिजर, ट्रेलर समेत भ्लग कै लागि तयार गर्छन् । त्यहा माथि भिडियोमा शृंखला, सक्की गयो नी ।

अब हुदा हुदा उनी त भिडियो निर्देशन र मोडलिङ समेत गर्न थालेका छन् ।

आशा गरौ उनीहरुको जोडी प्रियंका-आयुष, सौगात-श्रिस्टीको जस्तो फ्लप नबनोस् ।