‘देवो के देव महादेव’की पार्वती विवाह गर्दै

धार्मिक सिरियल ‘देवों के देव महादेव’ मा पार्वतीको भूमिकामा देखिने कलाकार पूजा बनर्जी विवाह बन्धनमा बाधिने भएकी छन् । उनले लामो समयबाट प्रेम सम्बन्धमा रहेका उनका प्रेमी कुनाल वर्मासंग विवाह गर्न लागेकी हुन् । यस विषयमा उनले सामाजिक संजालमा पोस्ट गर्दै जानकारी दिएकी हुन् ।

९बर्षबाट प्रेममा रहेका उनीहरुको बीचमा केही तनाव सिर्जना भए पनि अन्तत विवाह बन्धनमा बाधिन लागेका हुन् ।  उनीहरुले २०१७मा नै इन्गेजमेन्ट गरेका थिए।

पोस्टमा उनले लेखेकी छन् ,’यो महिला दिवसमा सबै सामु म एक खुसीको खबर सेयर गर्न चाहन्छु ।  कुणाल बर्मा तिमीले मलाइ पूर्ण बनायौं ।  एक छोरी, बहिनी, साथि, प्रेमिका भन्दा पछी म पत्नी बन्ने भएकी छु ।  अब सधैको लागि संगै हुने दिन आएको छ । त्यसैले विवाहको निर्णय गरियो ।  तपाईहरु साबिको शुभकामनाको अपेक्षा गर्छु । ‘ तर उनले आफ्नो पोस्टमा विवाह कहिले हुदैछ भन्ने बारे केहि खुलाएकी छैनन् ।

यी दुइको पहिलो भेट सिरियल तुझ संग प्रित लगाई सजनाको सेटमा भएको थियो ।  बिस्तारै नजिक हुदै उनीहरु प्रेममा परे ।  पूजाले सर्वगुण सम्पन्न, कबुल है, कमेडी नाइट्स बचाओ, झलक दिखालाजा ८ लगायत सिरियलमा अभिनय गरेकी छन्।