बन्दैछ ‘द बर्निंग ट्रेन’ को रिमेक

रवि चोपडा निर्देशित फिल्म ‘द बर्निंग ट्रेन’ को रिमेक बन्ने भएको छ । निर्माता जुनो चोपडाले फिल्मको लागि ज्याकी भागनानी संग सहकार्य गरेर फिल्म बनाउन लागेका हुन् । जुनो चोपडाले ट्वीटर मार्फत उक्त जानकारी दिदै रवि चोपडाले वर्षौ अघि देखाएको जादुमय काम माथि आफुहरुले न्याय गर्ने आशा ब्यक्त गरेका छन् । उनले यो फिल्म आफ्नो मन पर्ने फिल्महरु मध्ये एक भएको पनि लेखेका छन् । जुनो रवि चोपडाका छोरा हुन् । फिल्मको लागि निर्देशक र मुख्य कलाकारहरु चयन गर्ने कार्य भैरहेको छ ।

सन् १९८० को एक्सन थ्रिलर फिल्म ‘द बर्निंग ट्रेन’ मा विनोद खन्ना, धर्मेन्द्र, परबिन बाबी, जितेन्द्र, नितु कपुर, हेमा मालिनी, विनोद मिश्रा र डेनी डेन्जोंग्पा मुख्य भूमिकामा थिए । उक्त फिल्ममा आर. डि. बर्मनले संगीत दिएका थिए । फिल्मका गीतहरु अहिले पनि चर्चित छन् ।