कोरोनाका वावजुद ‘२ नम्बरी’ छायांकन सुरु

पोखराको उत्तरी भेग ‘घाचोक’ बाट फिल्म ‘२ नम्बरी’ को छयांकन सुरु भएको छ ।  सरकार तथा चलचित्र निर्माता संघले फिल्म छायांकन रोक्न अनुरोध गरे पनि वेवास्ता गर्दै फिल्म छायांकन सुरु गरिएको हो । सम्पूर्ण छायांकन ३५ दिनमा सक्ने तयारी रहेको फिल्मको सम्पूर्ण छायांकन पोखरामा गरिने भएको हो । फिल्मका मुख्य कलाकार दयाहांग राई र भुटानी नायिका उगेन छोदेनले पहिलो सट दिदै छयांकन सुरु गरीएको थियो ।

दिपेन्द्र लामाको निर्देशन रहने फिल्ममा दुई साथीहरुको मित्रताको कथा रहने छ । किरण नेपालीको प्रस्तुतिमा बन्ने फिल्मलाइ दिपेन्द्र लामाले नै लेखेका हुन् । फिल्ममा दयाहांग राइ, उगेन छोदेन, पल शाह, बर्षा राउत र बुद्धि तामांगको मुख्य भूमिका छ । फिल्म आगामी बर्षको जनै पुर्णिमाबाट प्रदर्शनमा आउने छ ।