प्रेमीलाई धोका दिने प्रेमिकाको पक्षमा नेहा धुपिया

- मेराेफिल्म

रियालिटी शो एमटिभी रोडिजको एक पुरानो भागको एक अंश अहिले चर्चामा छ । उक्त अंशमा शो की एक जज अभिनेत्री नेहा धुपियाले एक बिबादास्पद भनाइ राखेकी छन् ।

कार्यक्रममा एक प्रतिस्पर्धीले आफ्नो प्रेम सम्बन्ध बारे बताएका थिए । प्रतिस्पर्धीका अनुसार उनकी प्रेमिकाले आफु सँग सम्बन्धमा हुँदाहुँदै अन्य ५ जना केटा हरु सँग सम्बन्ध राखिरहेकी थिइन् । त्यसपछि उनले प्रेमिका र प्रेमिकाका पाँचै जना प्रेमीहरु जम्मा गरेर प्रेमिकालाई थप्पड हानेको बताएका थिए ।

यसमा आक्रोशित हुँदै प्रतिक्रिया दिदै नेहाले केटिकै पक्ष लिएर ‘यो उक्त केटिले गर्न पाउने निर्णय हो’ भनेकी छिन् । साथै उनले एक महिलालाइ थप्पड हान्ने अधिकार कसैलाई नभएको बताइन् । धोका दिने प्रेमिका को पक्ष लिएको भन्दै उनलाई ‘झुठो महिलावादी’ भन्दै सामाजिक संजालमा उनको बिरोध गरिएको छ ।

२०७६ फागुन ३० गते ९:२६ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *