‘सूर्यवंशी’ रिलिज स्थगित

कोरोना भाइरसका कारण रोहित शेट्टी निर्देशित प्रतिक्षित फिल्म ‘सूर्यवंशी’ को रिलिज स्थगित भएको छ । फिल्मले २४ मार्च लाई रिलिज मिति तोकेको थियो । निर्देशक शेट्टीले आफुहरु पनि फिल्म रिलिज लाई लिएर उत्साहित रहेको तर दर्शकहरुको स्वास्थ्यलाई ख्याल गरेर निर्माण टिमले रिलिज स्थगित गर्ने निर्णय लिएको बताएका छन् । उनले सबै भन्दा ठुलो कुरा सुरक्षा भएको बताउदै समय अनुकुल हुन साथ फिल्म रिलिज गरिने बताए ।

सन् १९९३ को बम काण्डमा आधारित रहेको फिल्ममा अक्षय कुमारले एन्टी टेरोरिस्ट स्क्वाड अफिसरको भूमिका निभाएका छन् । फिल्ममा कट्रिना कैफ, गुलसन ग्रोबर, ज्याकी श्रफ, जावेद जाफ्री लगायतको अभिनय रहेको छ । त्यस्तै फिल्ममा रणवीर सिंह र अजय देवगन पनि छन् ।