लगानी उठाउदै ‘आमा’ चौथो हप्ता प्रवेश

फिल्म आमा आजबाट चौथो हप्ता प्रवेश गरेको छ । यस अवसरमा टिमले एक सुचना जारी गर्दै फिल्मे लगानी उठाएको र नाफा समेत कमाएको बताएका छन् । फिल्मलाई आजको दिन सम्म ल्याउने सम्पूर्णमा टिमले कृतज्ञता ज्ञापन गरेको छ ।

एकातर्फ कोरोना भाइरसको भय, अर्को तर्फ खस्किदै गएको नेपाली फिल्म व्यवसायको स्थितिमा आमाले गरे के हुन्न भनेर देखाएको छ । दीपेन्द्र के खनाल निर्देशित फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनाल लगायतका कलाकारको मुख्य भूमिका छ । शर्मिला पाण्डेले फिल्म निर्माण गरेकी हुन् ।