‘अल इज वेल’ फ्लेभर को ‘झुसे बारुलो’

फिल्म लप्पन छप्पन २ को गीत ‘झुसे बारुलो’ सार्वजनिक भएको छ । मिस्टर आर्जे अर्थात राजेन्द्र भट्टको शब्द संगीत रहेको गीतमा आर्जन पाण्डे र विद्या तिवारीको स्वर छ ।  भने आर्जेले नै र्याप हानेका छन् । मोहित मुनालले संगीत संयोजन गरेको गीतको कोरियोग्राफी नरेश नाथ योगी उर्फ किंग योगीले गरेका छन् । गीतमा फिल्मका मुख्य कलाकार फिचर्ड छन् । सार्वजनिक गीत आमिर खानको फिल्म थ्री इडियट्सको ‘अल इज वेल’ संग मिलेको जस्तो लाग्छ ।

यहि बैशाख १२ बाट प्रदर्शन हुने फिल्म मुकुन्द भट्टले निर्देशन गर्दै छन् । एक्सन ड्रामा फिल्ममा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुपविक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर, विशाल पहारी, किशोर भट्ट, सरिता गिरी, एञ्जल श्रेष्ठ, अनिल खनाल, राजेन्द्र विष्टलगायतका कलाकारको अभिनय छ । खिलेन्द्रराज तिमसिनाको प्रस्तुति ‘लप्पन छप्पन २’ बाट शक्ति श्रेष्ठ, केरोलिन कोलिन्डा, सुपर गुरुङ, आना ढकाल, श्रिजना सिना, रन्जीत ओन्तालगायतले अभिनयमा डेब्यु गर्दैछन् । पटकथा र संवादमा निर्देशक भट्ट र सुनिल निउरेले काम गरेका छन् भने, पटकथामा अमित शर्माको पनि साथ छ । पुरुषोत्तम प्रधानले खिचेको फिल्ममा शम्भुजित बाँस्कोटा, राजेन्द्र भट्ट (एमआर आरजे), दीपक आरजे र बुलेट फ्लोको संगीत छ । फिल्ममा किङ योगी र दिलिप ओकेधाको कोरियोग्राफी छ भने हिमाल केसीसहित निर्देशक भट्टले एक्सन, निरज केसीले साउण्ड र मिलन श्रेष्ठले सम्पादनमा काम गरेका छन् । फिल्म निर्माणमा गोल्डेन हिल्स पिक्चर्ससँग इपी एजुकेशन अस्ट्रेलिया, युएमआइ ग्रुप युरोप र एमएसी मिडियाले सहकार्य गरेका छन् । सुरज अधिकारी र प्रजापति सिवाकोटीको कार्यकारी निर्माण रहेको फिल्ममा चिजकुमार श्रेष्ठ, प्रकाश कुँवर, निर्मलकुमार मिश्र, सुदिपचन्द्र भक्रेल र सन्तोषचन्द्र भक्रेल निर्माताको रुपमा छन् । फिल्मका सह-निर्मातामा रानु तिमिला, ताराचन्द शर्मा र सुरज केसी छन् । यस्तै अस्ट्रेलियाको लागि सबिन ज्ञवाली र नेपालको लागि समिर खरेल लाइन प्रोड्युसरमा छन् ।