कोरोन प्रभाब: चर्चित टेलीभिजन शोहरु प्रत्यक्ष दर्शक बिनै खिचिने

‘द एलेन डिजेनेरेस शो’ लगायतका चर्चित अमेरिकी टेलीभिजन शो हरु प्रत्यक्ष दर्शक बिना नै खिचिने भएको छ । जेम्स कोर्डेन, जिम्मी फ्यलोंन, जिम्मी किमेल, ट्रेभोर नोह र जोन ओलिभरले संचालन गर्ने अमेरिकी शो हरु पनि त्यसरी नै दर्शक बिना खिचिने छ ।

धेरैजना एकै ठाउँमा जम्मा हुँदा कोरोना भाइरसको संक्रमण हुने खतरा हुने भएकोले यसो गर्न लागिएको हो । कहिँ कतै पनि स्टाफ हरुमा संक्रमण देखिएको छैन तर निर्माताहरुले सुरक्षित रहनको लागि उक्त कदम चलेका हुन् । एलेन डिजेनेरेसले आफ्नो कार्यक्रममा सहभागी हुन चाहनेहरु संग माफी माग्दै आफुले आफ्ना प्रसंशकहरु, स्टाफ र क्र्यु को स्वास्थ्यको लागि त्यस्तो कदम चालिएको बताईन्

भर्खरैको तथ्यांक अनुसार अमेरिकामा कुल १७६० जनामा कोरोना भाइरसको संक्रमण छ भने ४१ जनाले ज्यान गुमाईसकेका छन् ।