पहिलो चुम्बन (भाग – ८)

मैले खबर पाएँ मेरी आमा अब यो दुनियाँमा हुनुहुन्न भनेर । खुट्टा मुनिबाट जमिन भासियो । आकाशको ठूलो टुक्रा छत सहित मेरो टाउकोमा बजारियो । म त्यहिँ ढलेछु, अचेत अवस्थामा । म चिच्याएको सायद पल्लो घरको भाउजुले सुन्नु भएछ । बाहिर आएर धेरै बेर बोलाउनु भो’रे । ढोका खोल्न भाउजू सँग साँचो थिएन । अनिस पनि घरमा थिएन रे । घरबेटी, वरपर सबैका मान्छे भेला भएछन् । भाउजुले सुटुक्क अनिसलाई फोन गर्नुभएछ र सबै कुरा भन्नू भएछ । कलेजमा भएको मान्छे उ आत्तिदै आएछ र उसँग भएको साँचोले ढोका खोलेछन् । म भुइँमा थिएँ । फोन बजिरहेको रै’छ । पानी छम्केर, बोलाएर मलाई उठाए । उठना साथ सम्झिएँ आमालाई । भक्कानिदै भाउजुको अंगालोमा मुर्छा परें, आमाले नि छोडेर जानू भो भन्दै । म बेहोसी कै हालमा थिएँ । म बारम्बार आमा भन्दै रुदै थिएँ । अलिकति टाढा थियो अनिस । खै के सोच्यो उसले । ती सबै मान्छेका अगाडि आएर उसले मलाई आफ्नो अँगालोमा बाध्दै मेरो ढाड थप्थपायो । म उसको अंगालोमा हुँदा झन भाबबिब्हल भएँ । उसले केही भन्दै पनि थियो मलाई तर मैले बुझिन ।

घर त जानू पर्थ्यो । छोरीले मुख हेर्छे भनेर आमाको लास लगेको छैन भनेर खबर आएको रै’छ । भाउजुलाई जिम्मा लाउदै अनिसले मेरा केही लुगा झोलामा हाल्यो र जाउँ हिड भनेर लिएर हिड्यो । गाडी पाउन गाह्रो थिएन । पल्लो घरको भाउजू र अनिस सँग म घर हिडें । बाटो भरी पनि भाउजूको काँधमा आड लाएर आमा सम्झिदै रुदै गएँ । अनिस पछाडि पट्टिको सिटमा थियो । उसको हात मेरो टाउकोमा थियो । एउटा हातले मेरो पाखुरामा सुम्सुमाउदै थियो । घर पुग्दा आँगनमै आमाको लम्पसार शरीर देखें । कति पटक बोलाएँ आमा बोलिनन् । कत्ति चिच्याएँ, कराएँ, उठिनन् मेरि आमा । केही कुराको होस थिएन मलाई । मात्र आमाले छोडेर गएकीमा मन सम्हाल्न सकिन । मेरो सानो सानो कुरामा पिर मान्दिने मेरि आमा, मेरो हरेक कुरा ख्याल राखिदिने मेरि आमा, फोनमा सधै फतर फतर गरिरहने मेरि आमा, घर आइज भनेर वाक्क पार्ने मेरि आमा….अह ! रहिनन रे अब यो संसारमा । केही बेर पछि जलाउन भनेर लिएर जान लागे आमालाई । मैले रोकेर कोहि रोकिनेवाला थिएन त्यहाँ । अनिस पनि आमाको शरीरको पछि पछि गयो । अब कुरा निस्कियो क्रिया बस्ने को भनेर । मैले सबैको अगाडी सुकेको आवाजमा म बस्छु भनें । बिरोधिको पंक्ति उभियो अगाडी । कसैको कुरा सुनिन ‘मेरि आमाको क्रिया मैले गर्नी हो, अरु कसैले चासो नदेओ’ भनेर कड्किएँ । म झर्किए पछि बोल्ने कोहि भएन । म आमाको क्रिया बसें ।

केही परे मलाई सघाउने, मेरो कुरा सुन्दिने भाउजू र दारे साथमा थिए । एउटा सानो कोठा भित्र थिए म । अरु जानू हुन्न भन्थे । बाहिर दिन भरि त रु हुन्थे । दिन कट्थ्यो । बस रात आमाको सम्झनाले मन जलाउथ्यो । तर दारे हरेक रात मेरो कोठा बाहिर हुन्थ्यो । उ त्यहाँ एउटा तन्ना ओछ्याएर बस्थ्यो । म बोल्दा सम्म मै संग बोल्थ्यो । म निदाए जस्तो उसले महसुस गरेसी उ पनि त्यहिँ सुत्थ्यो । बिहानै उठेर उ कोठामा जान्थ्यो ।

१३ दिनको काम सकियो । अब मेरो लागि त्यो घर, त्यो गाउँ सबै बिरानो भैसकेको थियो । आमाका केही गहना थिए । मैले आमाको चिनो भनेर एउटा हातमा लाउने बाला झिकेर हिडें । बाउ पर्ने बोल्न खोज्दै थियो । मेरि आमाको नासो हो बिचमा नआउ तिमि भनेर हिडें । आमाका केही तस्बिरहरु नि संगै लिएर हिडें । घरबाट निस्किने बेला मन भक्कानिएर आँखाबाट आँशु बगे । दारेले अंगाल्दै हिड अब भनेर लिएर हिड्यो । गाडी भरी’नि भाउजूको काधलाई सिरानी बनाएर अडिसिएँ । मेरो लागि मेरो संसार थिईन् आमा । आफन्त भनेकै त्यहि आमा त थिईन । चोट सानो परेको थिएन मलाई ।

कोठामा पुग्यौं, भाउजू मलाई त्यहाँ राखेर जानू भो घर तिर । दारे त्यहि थियो । उ पनि मलाई त्यहाँ बसाएर फर्किन लाग्यो । टेबुलको कपाल बान्ने डोरि देखेर म एक्कासि भक्कानिएँ । अस्तिनै आमा आउँदा डोरि बिर्सेर गैइथिइन । ‘आउँदा ल्याईदिएस नानी तलाई के काम त्यो’ भनेकी थिईन् । डोरि समाएर आमा भन्दै रोएँ । ढोका नीर पुगेको दारे फर्कियो र मलाई बेस्सरी आफ्नो अंगालोमा कस्यो । म उसको छाती मा टाँसिएर ‘मेरो कोहि रहेन अब आफ्नो भन्ने, आमाले त छोडेर गइन्’ भन्दै रोएँ । ‘लाटी त्यस्तो भन्नी होइन अब, आमाको शरीरले छोडेर गएको हो आमाको माया र साथ सधैं हामी संगै छ ।‘ उसले मेरो टाउको मुसार्दै भन्यो । उसले हामी भन्दा अलिकति सास आएझै भयो । अनि ‘कोहि छैन भनेर मन दुखाउनी होइन म छु त तिम्रो दारे, म कहाँ गको छु र  ? तिमीलाई गल्तिको महसुस गराएर केही दिन टड्पाउन मात्र खोजेको हो मैले, म कैले टाढा भएको छैन मेरो फुच्ची बाट । अनि कैले टाढा नि हुदिन अब कैलेनी ।‘ उसको यति कुराले मलाई अर्कै संसारमा पुर्याईदियो । आमाले एक्लाएर गएकी यो बिरानो दुनियाँमा मैले साथी भेटे । आमालेझै ख्याल र माया गरिदिने मेरो दारे फेरि पाएँ मैले । मेरो खुम्चिएको मन उघारिन थाल्यो । उसले मात्र कसेको त्यो अंगालो अब मैले नि कसें । उसको छातिमा मज्जाले टाँसिएर धित मरुन्जेल रोएँ । ‘आज अन्तिम पटक रुन दिए तिमिलाई । मन फुकाएर रोउ मेरो छाती मा भोलि बाट पाउदिनौ रुन’ । उसले भन्यो ।

उ बाट मायारुपी आदेश पाएँ । उ घरी घरी मेरो निदारमा चुम्थ्यो । कति पछि मैले उसका ती कोमल ओठका स्पर्श पाएँ । मेरो घाउमा मलम बन्यो त्यो चुम्बन । केही बेर पछि मलाई नरोई बस्ने प्रेम रुपि आदेश दिएर उ एकछीन पछि आउने वाचा गर्दै आफ्नो कोठामा फर्कियो ।

उसको साथ र मायाले धेरै आड दियो मलाई, मन भरिको बेदना र दुखाइ एकातिर अनि उसको मायाको मलम अर्को तिर । कल्पनाको विमानमा माथी माथि सयर गर्दा गर्दै मेरो एकोहोरो पन भङ्ग गर्दै आयो मेरो दारे । खाने कुरा लिएर आएको रैछ । मन त थिएन तर उसको लागि उसको करमा खाएँ । मलाई आराम सँग खाटमा सुताएर उ छेउमा बसेर मेरो टाउको मुसार्दै थियो । आँखा लाग्नै लागेको थियो । उसको हात हटेको भान भयो । मेरा आँखा चनाखा हुँदै उघ्रीए । ‘तिमी निदाएकी छैनौ ?’ उसले म तिर हेर्दै प्रश्न गर्यो । ‘आज यही सुत न है तिमी’ । मेरो प्रस्तावलाई स्विकार्दै उ बत्ती निभाएर आएर मै सँग टाँसियो । उसको छातिलाई सिरानी बनाएर उसको अँगालोलाई ओड्ने बनाएर म लुटपुटिए उसैमा । मेरो निन्द्रा सहज पार्न उ कथा सुनाउन थाल्यो । मैले पत्तै पाईन कति बेला निदाएछु म …

बाँकी अर्को भागमा …