कोरोना प्रभाब: ’83’ पनि निर्धारित मितिमा रिलिज नहुने

- मेराेफिल्म

रणवीर सिंह अभिनित ’83’ पनि निर्धारित मितिमा रिलिज नहुने भएको छ । फिल्म अप्रिल १० मा रिलिज हुनेवाला थियो । कोरोनाको कारण केहि दिन अघि फिल्मको ट्रेलर रिलिज कार्यक्रम पनि स्थगित गरिएको थियो । फिल्मको ट्रेलर पनि सार्बजनिक गरिएको छैन र नयाँ रिलिज मिति पनि तोकिएको छैन । कोरोनाको संक्रमणबाट भारतमा दुइ जनाको मृत्यु भैसकेको छ ।

कबिर खान निर्देशित ‘83’ सन् १९८३ मा भारतले क्रिकेट वर्ल्ड कप जित्दाको कथामा आधारित छ । रणवीरले फिल्ममा कपिल देवको भूमिका निभाएका छन् । फिल्ममा कपिल देवकी श्रीमती रोमीको भूमिकामा दीपिका पादुकोण देखिदैछिन् ।

२०७६ चैत १ गते १२:२० मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *