रिसेप्सनमा आँचल र उदिप हेलिकप्टरबाट अवतरण (फोटोहरु सहित)

बिहिबार बिबाह बन्धनमा बाँधिएका आँचल शर्मा र उदिप श्रेष्ठको  रिसेप्सन पार्टी चलिरहेको छ । हायात होटेलमा आयोजना गरिएको रिसेप्सनमा आँचल र उदिप हेलिकप्टर बाट अवतरण गरेका छन् । उनिहरु सिम्रिक एअरलाइन्सको हेलिकप्टर बाट अवतरण गरेका हुन् । उदिप चितवनका ब्यापारी एबम् एक डाक्टर पनि हुन् ।

करिब एक बर्षको प्रेम पश्चात् बिहिबार उनीहरु बिबाह बन्धनमा बाँधिएकी थिए । बुढानिलकण्ठस्थित होटल पार्क भिलेजमा उनीहरुको बिबाह भएको हो । उनीहरुले लामो समय आफ्नो प्रेम सम्बन्ध गोप्य नै राखेका थिए ।