बरिष्ठ साहित्यकार डिपी भण्डारीको निधन

बरिष्ठ साहित्यकार डिपी भण्डारीको ८५ वर्षको उमेरमा निधन भएको छ । अस्पताल स्रोतका अनुसार बिहान ११ बजे उनको निधन भएको हो । निमोनिया, उच्च रक्तचाप र श्वासप्रश्वास सम्बन्धि समस्याका कारण मार्च ४ देखि धुम्बाराहीस्थित ह्याम्स हस्पिटलमा राखिएको थियो ।

उनले ३५ वर्ष सम्म प्रोफेसरको रुपमा त्रिभुबन विश्वबिद्यालयको केन्द्रीय अंग्रेजी विभागमा काम गरेका थिए । साहित्यकर्म संगै उनले राष्ट्रिय पत्रिकाहरुमा नेपाली र अंग्रेजी दुवै भाषामा लेखहरु लेख्ने गर्दथे ।