विल्सन बिक्रम राईको ‘सेल्फी खिचम्ला ए माया’ सार्बजनिक

विल्सन बिक्रम राई र मेलिना राईको स्वर, दिपक शर्माको संगीत तथा विल्सन बिक्रम राईको शब्द रचना रहेको ‘सेल्फी खिचम्ला ए माया’ बोलको गीत शनिबार दिउसो सार्बजनिक भएको छ । गीतको भिडियोमा बुद्धि तामांग, विल्सन बिक्रम राई, रजनी गुरुङ र मेलिना राई लाई देख्न सकिन्छ । विल्सन बिक्रम राईले नै निर्देशन गरेको  भीडियो तक्मेबुडाडटकम नामको युट्युब च्यानल बाट रिलिज भएको हो ।