हिमेश पन्त बने पहिलो ‘कमेडी च्याम्पियन’

हिमेश पन्त सर्बाधिक भोट ल्याएर पहिलो ‘कमेडी च्याम्पियन’ बनेका छन् । उनले शनिबार भएको फाइनलमा प्रतिष्पर्धीहरु सुमन कोइराला र खड्गबहादुर पुनलाई पछि पर्दै उपाधि जितेका हुन् । नेपालकै पहिलो स्ट्यान्डअप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’ जितेपछि उनले २५ लाख नगद र कार पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

‘कमेडी च्याम्पियन’ को फाइनल कार्यक्रममा वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ, हरिवंश आचार्य र दिनेश डिसी पनि उपस्थित थिए । शो का निर्देशक विशाल भण्डारी  हुन् ।