छायाँकन तयारीमा ‘तक्दिर’

विजी बर्मा फिल्मस प्रालीको व्यानरमा फिल्म ‘तक्दिर’ बन्ने भएको छ । सामाजिक विषयबस्तुमा आधारित रहेर फिल्म निमार्ण गर्न लागिएको फिल्म निर्देशक तथा लेखक शंकर अधिकारी घायलले बताए । निमार्ण पक्षका अनुसार  आगामी चैत्र २० गतेबाट छायांकन सुरु हुनेछ । फिल्ममा रबि खड्का, श्रेया दुलाल, गगां कुवँर, सागर गुरु चौलागाईं , राजु पौड्याल अनुबन्ध भै सकेका छन् । फिल्ममा कृष्ण पाण्डेको छयाँकन देव मर्हजनको, द्वन्द राजन मर्हजनको नृत्य निर्देशन रहेको छ ।

फिल्ममा पुर्वका विभिन्न स्थानका साथै सिन्धुली र काठमाण्डौमा छायाँकन गरिने भएको छ । फिल्मको गीतमा राजेन्द्र बजँगाईँ र  रेखा पौडेल को संगीत रहने छ । गीतमा गायिका नित्या शिवा र राजेन्द्र बजँगाईँको आवाज रहने भएको छ ।