तस्विरमा आँचल र उदिपको फिल्मी शैलीको भव्य पार्टी

नायिका आँचल शर्माले डाक्टर, व्यवसायी उदिप श्रेष्ठसंग विवाह गरेकी छिन् । उनीहरुको बिबाह अलिक फिल्मी शैलीको थियो । उनीहरुको रिसेप्सनलाइ लिएर सामाजिक संजालमा विभिन्न टिका टिप्पणी हरु भैरहेका छन् । कति लाखको कपडा अनि कति लाखको गरगहना, हेलिकप्टरबाट गरिएको अवतरणलाई नेपाली समाजले पचाउन गाह्रो भन्दै सामाजिक संजालमा असन्तुस्टीहरु पनि देखिएका छन् । त्यही माथि कोरोना प्रभावका वावजुदको जमघट ! कोरोना कै कारण मधुमासको समय पछी सारेका यी दुइलाई विवाह सार्न या सामान्य रुपमा विवाह गर्न मन नै मानेन । तर पनि बिबाहको भव्यतालाई भने मान्ने पर्छ । फिल्म खेलेर कमाएको नामका कारण पनि हुन सक्छ, आँचलको यो भव्य विवाह । तर के भब्य विवाह गर्दा मात्रै सम्बन्ध दिगो हुने हो र ?

आदिप भनिने नव जोडीलाई शुभकामना ।