मिस्टर नेपाल ओसियानामा राजेन्द्र : म्यान अफ द वर्ल्डमा सहभागिता जनाउने

मिस्टर नेपाल ओसियानाको उपाधी राजेन्द्र रावलले जितेका छन् । यो जितसंगै राजेन्द्रले नेपालको प्रतिनिधित्व गर्दै फिलिपिन्समा आयोजना हुने ‘म्यान अफ द वल्र्ड’ मा सहभागी जनाउन पाउने भएका छन् ।

‘आज विजेता भएमा म्यान अफ द वल्र्डमा के सन्देश लिएर जानुहुन्छ?’ भन्ने जजको प्रश्नको उत्तरले उनलाई विजेता बनाएको हो । उनले भनेका थिए- ‘नेपाल सामाजिक, धार्मिक र संस्कृतिले विविधता भएको देश हो । सगरमाथा, बुद्ध र बहादुर गोरखालीको देश हो । आज विजेता भएमा म विश्वलाई नेपाल बुद्ध र सगरमाथाको देश भनेर चिनाउनेछु ।’

नेपाली भाषामै उत्तर दिएका राजेन्द्रले भनेका भनाईलाई अंग्रेजीमा समेत उल्था गरिएको थियो । मिस्टर नेपाल ओसियानाको फष्ट रनरअप रजिन प्रधान, त्यस्तै सेकेण्ड रनरअपको उपाधी हात परे आयुष शाहीले ।