न्यु योर्क सिटी र लस एन्जेलसका सबै हलहरु बन्द गर्न आदेश

कोरोना भाइरस व्यपक भए संगै अमेरिकाको न्यु योर्क सिटि र लस एन्जेलसका सबै फिल्म हलहरु बन्द गर्न निर्देशन दिईएको छ । पहिले न्यु योर्क सिटीका मेयर बिल द ब्लेसियोले उक्त निर्णय लिएका थिए भने त्यस पछि लस एन्जेलसका मेयर एरिक गारर्सेतीले पनि उक्त निर्णय लिए । मानिसहरु आफै क्वारेन्टाइनमा बसेको कारण हलमा अत्यन्त न्युन संख्यामा मात्र दर्शकहरु आइरहेका थिए ।

अहिले सम्म अमेरिकामा करिब ३८ सयमा कोरोनाको संक्रमण देखिएको छ, जसमध्ये ६९ जनाको मृत्यु भएको छ ।