फिल्म ‘परदेशी २’ मा दीलिप रायमाझीको ‘एन्ट्री’

- मेराेफिल्म
फिल्म ‘परदेशी २’को मा दीलिप रायमाझीको इन्ट्री भएको छ। पोखरामा चलिरहेको छायांकनमा दिलिपसँगै दृश्यांकनमा प्रकाश सपुत, केकी अधिकारी, वर्षा सिवाकोटीले स्क्रिन सेयर गरिरहेका छन्।
नारायण रायमाझीको निर्देशनमा बनिरहेको फिल्म परदेशी-२मा दिलिप रायमाझी अतिथि नायकको भूमिका रहने मुख्य अभिनेता प्रकाश सपुतले फेसबुकमार्फत जानकारी दिएका छन्। दीलिपसँगको तस्बिर खिचाँउदै उनले भनेका छन,’मैले आफ्नो आइडलसँग स्कृन सेयर गर्ने मौका पाएको छु। सुटिङ हुदाँ घरी घरी लाग्छ कि, यो रियल मै भइरहेको छ नि ? कि म गहिरो निद्रामा छु?’चलचित्र ‘परदेशी-२’मा अध्ययन गर्ने उमेरमा विदेशिनु परेको पीडालाई नजिकबाट उजागर गरेर देखाइने भएको छ। रमेश विजीले लेखन रहेको यो फिल्मलाई निर्देशक रायमाझीले नै निर्माण गरेका हुन्।
२०७६ चैत ४ गते १२:४७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *