कोरोनाले हिट भएका हलिउडका १० फिल्म
![](https://snowberry.prixacdn.net/media/gallery_folder/hallywood_9BY5k07JEy_1qqvau8xg5pqrjo9qewga5qhldejyi2qw9akykepcs6tqh6wxfi2guxi32od_IizDgyKypp_lyqg3r07mvbynesrprb93nbz0nbvet0p1fbn5l4euz28w2f1jcjh2ibrqpfv.jpg)
संसारभर कोरोना भाइरसले आतंक मच्चाइरहँदा कतिपय फिल्म, टिभी शो, सभासमारोह र कार्यक्रमहरु स्थगन हुँदै आए पनि हलिउडका चलचित्र भने हिट हुन थालेका छन्।
हलिउडले बनाएका महामारी र कोरोना लगायतका विषयमा आधारित रहेर बनाइएका उक्त फिल्महरुले दर्शकको मन जितिरहेका छन्।
१. ब्लाइन्डनेस
हलिउडमा बनेका फिल्म ‘ब्लाइन्डनेस’ सन् १९९५ मा फैलिएको नोवेलमा आधारित थ्रिलर चलचित्र हो। यसको कथा कोरोनाभाइरस जस्तै ह्वाइट सिकनेस महामारीमा आधारित छ। एउटा व्यक्तिले अचानक आँखा देख्न छोड्छ। त्यसको केही समयपछि उसको उपचार गरिरहेका डाक्टरमा पनि त्यही समस्या देखिन्छ। विस्तारै उक्त समस्या विश्वभरि नै फैलिन्छ।
२. कन्टेजन
स्टिभन सोडर बर्गको निर्देशनमा बनेको चलचित्र ‘कन्टेजन’ कोरोनाको महामारीमा बनेको सबैभन्दा सफल चलचित्रका रूपमा लिइन्छ । अहिले कोरोनाको कहरसँगै यो चलचित्र पुनः एकपटक युट्युब तथा सामाजिक सञ्जालमा देखिन थालेको छ।
चलचित्रका मुख्य कलाकार ग्वेनेथ केही दिनको घुमघामबाट फर्किंदा बिरामी हुन्छन् र त्यसको केहीदिनपछि नै उसको मृत्यु हुन्छ । उसको निधनको केही दिनपछि सोही नयाँ रोगले उसका छोराको पनि मृत्यु हुन्छ।
चलचित्रमा देखाइएका खाली एयरपोर्ट, बाटो, पसलले अहिलेको अवस्थालाई चित्रण गरेको छ।
३. चिल्ड्रेन अफ मेन
चलचित्र ‘चिल्ड्रेन अफ मेन’ ले सन् २०२७ सालको कहर लाग्दो अवस्थालाई देखाइएको छ । विगत १८ वर्षदेखि कोही पनि व्यक्ति प्रजनन नभएका कारण विश्वमा मानिसको लोप हुन लागेको अवस्था यस चलचित्रमा प्रस्तुत गरिएको छ । यो चलचित्र ओस्कर विजेता अल्फान्जो कुरोनले निर्देशन गरेका हुन् । यो चलचित्र २००७ को ओस्करमा ३ विधामा नोमिनेसनमा पर्न सफल भएको थियो ।
४. द थो
‘द थो’ आर्कटिक रिसर्च सेन्टरमा काम गरिरहेका चार इकोलोजी रिसर्च विद्यार्थीको कथा हो । ग्लोबल वार्मिगका कारण पग्लिएका हिँउमा जमिएका पैरासाइटले विश्वभरि नै महामारी फैलिन सक्छ ।
५.पोन्टिपूल
चलचित्रमा एक रेडियो जक्कीले विश्वभरि एक डरलाग्दो भाइरस फैलिएको र सबैलाई सतर्क हुन सेचत गर्छन् । यो भाइरसका कारण सबै मानिस जोम्बीमा परिणत हुन्छन् ।
६. क्वारेन्टाइन
लस एन्जलसको एक अपार्टमेन्टमा अपरिचित भाइरसबाट संक्रमित एक जना महिला हुन्छिन् । जसको बारेमा पत्रकार र सुरक्षाकर्मीले थाहा पाउँछन् ।
७. आउटब्रेक
वुल्फग्यांग पिटरसन निर्देशित चलचत्रि ‘आउटब्रके’ बाँदरबाट फैलिएको भाइरसको कथामा आधारित छ । अफ्रिकाको रेन फोरेस्टबाट ल्याइएका बाँदरहरूबाट फैलिएको उक्त भाइरसबाट मानिसलाई बचाउन वैज्ञानिकहरू मिहिनेत गर्न थाल्छन् ।
८. दि एन्ड्रोमेडा स्ट्रेन
यो चलचित्र उपग्रहबाट धर्तीमा फैलिएको भाइरसबाट बच्न गरिने संघर्षमा आधारित छ । एरिजोना टाउन नजिकै एउटा उपग्रह दुर्घटनामा पर्छ, उक्त दुर्घटनापछि त्यहाँका मानिसहरू अचानक मर्न थाल्छन् । मृत्युको कारण त्याहाँबाट फैलिएको भाइरस हुन्छ । यो चलचित्रले १९७२ को ओस्कर अवार्डमा २ विधामा नोमिनेसनमा पर्न सफल भएको थियो ।
९. पेनडेमिक
जोन सुट्स निर्देशित चलचित्र ‘पेनडेमिक’ जोम्बी भाइरसको कथा हो । भाइरसको संक्रमण फैलिन थालेपछि जोम्बीहरू आम मानिसको संसारमा आउन थाल्छन् । उनीहरूबाट बच्न गरिने संघर्ष नै यस चलचित्रमा देख्न सकिन्छ ।
१०. दि हट जोन
सन् १९८९ मा आएको यस टेलिसिरीयलमा वासिंगटन डीसीस्थित एक प्रयोगशालामा चिम्पान्जीमा इबोला भाइरस देखिन्छ । इबोलाबाट आम मानिसलाई बचाउन वैज्ञानिक र युएस आर्मीहरूले गर्ने कोसिसलाई चलचित्रमा देखाउन खोजिएको छ ।
![अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा](https://snowberry.prixacdn.net/media/gallery_folder/akshya%2520kumar%2520latest%2520movie_Xo1ST5DGWT_oheyunoxqrd1m3raf3xv5szqbhaco9yz4ilkui9cgj3t2ucs97xcabbxn2ca_dUm27iyjEK_sggwyybo9c83hewsyzufl8g00ef2pbn6txunqcwidd7jaqbfgz0qqlmkpvnh.jpg)
अक्षयको १४ फिल्म फ्लप हुँदा हजार करोड घाटा
![बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज](https://snowberry.prixacdn.net/media/gallery_folder/bad%2520news%2520movie_177Kax8qoA_jqfl44bidtqcumxahirr12dnkumbiyrsg2ataejfkaxxpwmlm1s3foe07eii_JmT7zwM28H_ho8lgrtdocojezoiw0m1ckevramvcrna7vhkuet9lt6nnjwehskqwhijqq3f.jpg)
बलिउडका लागि ‘ब्याड न्यूज’ बन्यो गुड न्यूज
![अक्षयको फिल्मको ओपनिङ साढे २ करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/sarfira_7x433pKsOu_dvuqhfa8yercglibgvqd3qraniqqeraixa4xsjozpqn9l7rvjilofvz9dzz5_LUbX6CSNXO_yo249ptutfouebw4uzkcvwkdik2dtv9fbrsiyfahtm5c1vby4s5qcqbdob4o.jpg)
अक्षयको फिल्मको ओपनिङ साढे २ करोड
![‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन](https://snowberry.prixacdn.net/media/gallery_folder/alia%2520bhatta_EP1ZIi7Qfw_lq9v63ubyls3apitftznc7tgaonfczsvxbwdmqfzus7licwhhqwwkg1duddv_X1eMQdXr5g_7eqwsduvcoouzktnikrc6abwvmuh0pxxl0yjs2ssmmieqbxkuarrn6bzwb8s.jpg)
‘अल्फा’मा एजेन्टको भूमिकामा आलिया, बबी देओल भिलेन
![के अनुष्का र विराटले भारत छाडेका हुन् ?](https://snowberry.prixacdn.net/media/gallery_folder/birat%2520and%2520anuska_R9l9C6rBGe_xumqdsutoypayqopl87uukbia2l9v3lch8gfwtqszme5j1iagb2zsmjaottt_lSgaq00ZDM_h17oaswdwrchrdpekciqayvqq7jrinq9rmrzfaucw77moisbjykcldepzfrl.jpg)
के अनुष्का र विराटले भारत छाडेका हुन् ?
![प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki%2520movie_3ZL8Vio99s_3zkqtxn1atd68ooi7pzh2mo94mck68s5o30vzjsuy6bne0l8isrxvhysidph_mGxZ6SOc7s_lqqnegpddboieuxzl1q5ccnw8mvcxszf4583a3ej00jdsfquie5kb3m0hf3b.jpg)
प्रभाषको ‘कल्की’ले पहिलो दिनमै कमायो १९० करोड
![प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया](https://snowberry.prixacdn.net/media/gallery_folder/kalki_uDMXV3lpUn_a9dzsnisfx0tewlnvugemrcq7iti1twhvytml2sn1kcnltxhdjt9w7foreni_P3vfzk24se_plhht2locrxl39rm37hnchaocua8ajfiytkukyptpqnr9xzyxfiqjsfws3mu.jpg)
प्रभाष र अमिताभको ‘कल्की’लाई मिश्रित प्रतिक्रिया
![बैबाहिक जीवनमा बाँधिइन् सोनाक्षी](https://snowberry.prixacdn.net/media/gallery_folder/sonaxi%2520marrige_miUZOva4Md_wdgtrmgctqo03oicrxrjucn3wepce2h9db5tpbrvduki67dv2mglgalafkb4_BrTycEQQDU_jauv68ln5lvdyjq1aubwijncbbhihuv0jlmaon5dxtqipnfbvxxkfmgabpws.jpg)
प्रतिक्रिया