कोरोनाको त्रास: भारतका ३५ सय फिल्म हल बन्द, कस्लाई कति घाटा ?

कोरोना भाइरसको त्रासका कारण धेरै बलिउड फिल्मको सुटिङ रोकिएको छ भने प्रदर्शन हुने मिति पनि सारिएको छ । भारतका करीब ३ हजार ५ सय फिल्म हल बन्द गरिएको छ । यो बन्दले निर्मातालाई करीब हजार करोड तथा थिएटर्स, टीभी च्यानललाई करीब ४ सय करोडको घाटा बेहोर्नु परेको छ ।

बलिउड फिल्म उद्योगको यो नोक्सानलाई यस क्षेत्रका विज्ञ टीपी अग्रवाल र राज वंसलले नजिकबाट नियालेका छन् । निर्माताको सबैभन्दा ठूलो संस्था इन्पाका अध्यक्ष समेत रहेका टिपी अग्रवालले कोरोना भाइरसले चलिरहेको बलिउड फिल्म उद्योगलाई पुरै लक डाउन गरिदिएको गुनासो गरेका छन् । उनले निराश हुँदै भनेका छन्, ‘ फिल्म त पहिला पनि रोकिएकै हुन। अब त सुटिङ पनि बन्द हुन थाल्यो। यस्तो स्थितिमा सबै निर्माण संस्थाको हजार करोडभन्दा धेरै नोक्सान हुने निश्चित छ ।’ उनका अनुसार ठूलो पर्दाका फिल्मको नाफा फिल्म प्रदर्शन हुने दिन नै तय हुने त्यही अनुसार सुटिङ समाप्त गर्ने गरिन्छ । अब सुटिङ नै लक डाउन भएपछि आफूले चाहेको फिल्म प्रदर्शन गर्ने मिति र दिन तोक्न नपाउने उनी बताउँछन् । यसले फिल्मबाट आउने नाफा र आम्दानी सबै डुब्ने खतरा देखिएको छ ।

यता, फिल्मको डिस्ट्रिब्युटर्स तथा एक्जिबिटर्सलाई १५० वा २०० करोडमा कुनै पनि फिल्म नबिक्ने उनको दाबी छ । यी फिल्महरुको अप्रत्यक्ष रुपमा धेरै नै आर्थिक नोक्सानी हुने अनुमान गरिएको छ । साथै सबैभन्दा धेरै मारमा भने साना तथा मिडियम फिल्महरुको बजेटमा हुने उनको दाबी छ । उनका अनुसार अहिले बलिउडका करीब ६० देखि ७० वटा फिल्म सुटिङ भइरहेका छन् । तर अब उक्त फिल्महरुको सुटिङ रोकिएमा ६० देखि ७० फिल्ममा काम गर्ने कलाकारहरुको जीवन पनि संकटमा पर्न सक्छ । साथै उनीहरुसँग कुराकानी गर्न र काम लिन निक्कै मुस्किल पर्ने अग्रवालको जिकिर छ । उनी भन्छन्, ‘ जब फिल्म नै बन्न ढिला भयो भने उसको रिलिज टाइम त्यसै पनि पछाडि सर्छ । अनि फिल्म तरबारको धारमा चढ्छ ।’

यस्तै फिल्मका निर्माताहरु ब्याजमा पैसा लिएर फिल्म बनाइरहेका बेला प्रदर्शन रोकिएमा निर्माताहरुको मुख टालिने र हजार करोडभन्दा धेरै घाटा खानु पर्ने स्थिति आउने उनको दाबी छ । फिल्म उद्योगलाई अहिले पनि दुई संकट सामुन्ने आइरहेको उनी बताउँछन् । एउटा फिल्मको नयाँ शो कहाँ गएर दिने र अर्को पोस्टपोन्ड फिल्मलाई फेरि फेस्टिबलको समय मिल्छ की मिल्दैन  ? त्यसैगरी करीब ४० वर्षदेखि बलिउड फिल्म उद्योगमा डिस्ट्रिब्यूसनमा सक्रिय तथा ट्रेड विष्लेषक राज वंशलले फिल्म रोकिएको मात्रैबाट दैनिक पाँच करोडको घाटा भइरहेको र अब फिल्मघरको स्क्रिन बन्द भएमा पुरै नोक्सानी बेहोर्नु पर्ने उनको दाबी छ । उनी भन्छन्, ‘ अहिले त फिल्मको स्क्रिन जतिमा रोएको छ । त्यसबाट दैनिक पाँच करोडको घाँटा भइरहेको छ । तर अब फिल्म हल नै बन्द भयो भने पूरै नोक्सानी बेहोर्नु पर्ने हुन्छ ।’ फिल्मको सुटिङ लक डाउन भएपछि यदि भारतका सबै फिल्महल बन्द भएमा यसले फिल्म हल, डिजिटल प्लेटफर्म तथा टीभी च्यानलमाथि करीब ४०० करोडको मार पर्ने उनको ठहर छ । उनी भन्छन्, ‘ अहिले त भारतमा आधा मात्रै फिल्म हल खुलेका छन्, महाराष्ट्रमा तीन चारशहर छाडेर बाँकी सबै सहरमा फिल्म हल खुलेका छन् ।

युपीमा पनि चलिनै रहेका छन् । तेलेंगना तथा कर्नाटक पनि फिल्म हल चलिनै रहेका छन् । हरियाणा, पञ्जाब, बंगालमा पनि फिल्म हल सञ्चालनमा छन् । तर यदि सबै फिल्म बन्द भयो भने १० करोड दैनिक र करीब ५० करोड हप्तमा नोक्सान हुन्छ ।’

यता, फिल्म फेडेरेशनका भारतभर कुल स्क्रिन ६ हजार र बन्दको बेलामा ३ हजार ५०० स्क्रिन चलिरहेको छ । त्यसमध्ये दिल्लीमा १५६ स्क्रिन, तेलंगनामा २०० स्क्रिन, जम्मूमा ७० देखि ८० स्क्रिन, विहारमा २६९ स्क्रिन, मध्य प्रदेशमा २०१ स्क्रिन, महाराष्ट्रमा ५०० स्क्रिन, राजस्थानमा २७० स्क्रिन, नोएडामा ५० स्क्रिन, केरलमा ४०० स्क्रिन र कर्रनाटकमा ३०० स्क्रिन चल्दै आएका छन् ।

सलमान, आमिर, अक्षयको फिल्म बढी प्रभावित


जोन अब्राहमको ‘सत्यमेव जयते २’ को सुटिङ चलिरहेको थियो । कोरोना भाइरसका कारण रोकिएको छ ।

यस्तै सुपरस्टार सलमान खानको फिल्म ‘राधे’ को गीतको सुटिङ हुने भनिए पनि अब मार्च २९ पछि मात्रै हुनेछ ।

त्यसैगरी आमिर खानको ‘ लाल सिंह चड्‌ढा’ को दिल्लीको सुटिङ कार्यतालिका सरेको छ ।

अक्षय कुमारले पृथ्वीराज चौहानको सुटिङ राजस्थानमा गरिसकेका छन् । तर अब प्रदर्शन मिति भने प्रभावित हुने देखिएको छ। यसैगरी पाइपलाइनमा रहेका करीब तीन दर्जन फिल्म, वेब ‘शो’हरु तथा सिरियलहरुको सुटिङ कोरोना भाइरसको त्रासले प्रभावित भएका छन् ।

यस्तै जेम्स ब्राण्ड: क्वान्टम अफ सोलेस’ फिमेल एक्ट्रेस तथा मोडेल ओल्गा कुरीलेन्कोले पनि कोरोना भाइरसबाट पीडित भएको खुलासा गरेकी छिन् ।

धर्मा प्रोडक्शनले आफ्नो सबै प्रशासकीय काम निलम्बनमा राखेको छ भने साजिद नाडियाडवालाले आफ्ना कर्मचारीहरुलाई सात दिनको बेतलबी विदा दिएका छन् ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसबाट सचेतना जगाउन सेफ ह्याण्ड्स च्यालेन्ज सुरु गरेपछि नायिका प्रियंका चोपडा, दीपिका पादुकोण तथा आर्नोल्ड स्वार्जनेगरलाई ट्याग गरेका छन् ।

फिल्म उद्योग लक डाउन भएपछि कट्रिनाले घरमा बहिनीसँग समय बिताइरहेकी छिन् ।