करणी सेनाले रोक्यो अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ को छायांकन

अक्षय कुमारको फिल्म ‘पृथ्वीराज’ यतिबेला चर्चामा छ । फिल्मप्रति करणी सेनाले आपत्ति जनाउदै छायांकन रोकिदिएको छ । फिल्मको छायांकन जयपुर को जमवारामगढ गाउँमा चलिरहेको थियो ।
करणी सेनाका अध्यक्ष महिपाल सिंह मकराना र अन्य कार्यकर्ताहरुले शनिबार छायांकन रोकिदिएका हुन् । यसको साथै उनीहरुले फिल्म भित्र कुनैपनि ऐतिहासिक तथ्यहरु माथि खेलबाड गरिएको छैन भनेर लिखित आश्वासन पनि माग गरेका छन् । फिल्मका निर्देशक चन्द्रप्रकाश द्विवेदीले उनीहरुलाई आश्वस्त पर्ने प्रयास गरेका थिए तर उनीहरुले भने लिखित रुपमै माग गरेका थिए ।
फिल्ममा अक्षय कुमारले पृथ्वीराज चौहानको भुमिका निभाईरहेका छन् भने मिस वर्ल्ड मानुषी चिल्लरले यहि फिल्म बाट डेब्यु गर्दैछिन् ।
करणी सेनाले सन् २०१७ मा संजय लीला भन्सालीको फिल्म ‘पद्मावत’ माथि पनि विवाद पैदा गरेको थियो । उनीहरुकै बिरोधको कारण फिल्मको नाम ‘पद्मावती’ बाट ‘पद्मावत’ बनाइएको थियो ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया