जेमिना, राजेन्द्र र सीतालाई मिस, मिस्टर र मिसेज नेपाल ओसियानाको उपाधि

मिस नेपाल ओसियाना २०२०को उपाधि जेमिना श्रेष्ठले जितेकी छिन् । त्यस्तै मिस्टर नेपाल ओसियानामा २०२०को उपाधि राजेन्द्र राजलले जितेका छन् भने मिसेज नेपाल ओसियाना २०२० सीता साम्बाले उचालेकी छन्।

यस्तै मिसन नेपाल ओसियानाको फस्ट रनर अप अनसिका शर्मा भएकी छिन् भने मिस्टर नेपाल ओसियानाको फस्ट रनर अप रञ्जित प्रधान भएका छन् । यस्तै अर्चना डिसी मिसेज नेपाल ओसियाना २०२०को फर्स्ट रनरअप भएकी छन् ।

यस्तै रेश्मी गुरुङ मिसन नेपाल ओसियानाको सेकेण्ड रनरअप, आयुश शाही मिस्टर नेपाल ओसियाना २०२०को सेकेण्ड रनरअप र श्रीसा गैरे मिसेज नेपाल ओसियाना २०२०को सेकेण्ड रनर अप भएकी छन्।

यस्तै मिस ट्यालेन्ट जेमिना श्रेष्ठ, मिस्टर ट्यालेन्ट राजेन्द्र रावल, मिसेज ट्यालेन्ट सीता साम्बा भएका छन् भने मिस पब्लिक च्वाइस अनसिका शर्मा, मिस्टर पब्लिक च्वाइस आयुश शाही, मिसेज पब्लिक च्वाइस सीता साम्बा भएकी छिन्।

यस्तै मिस कग्निटी जेमिना श्रेष्ठ, मिस्टर कग्निटी शैलेश राउत, मिसेज कग्निटी श्रीशा गैरे भएकी छन्।

यसैगरी मिस क्याटवाक रेश्मी गुरुङ, मिस्टर क्याटवाक प्रिन्स मिलेनियम सुब्बा, मिसेज क्याटवाक अर्चना डिसी भएकी छन्।

यस्तै मिस बेस्ट नेशनल अटायरको उपाधि श्रद्धा घिमिरे, मिस्टर बस्ट नेशनल अटायर रञ्जित प्रधान र मिसेज नेशनल अटायर त्रिखत्री भएकी छन्।