फिक्का लाग्छ (भिडियो)

एम आर एस जादु इन्टरटेन्टमेन्ट र लिटिल भिगेन बोईज क्रीएसनको सयुक्त निर्माणमा जीवन गुरुङ फिचर्ड ‘फिक्का लाग्छ’ सार्वजनिक भएको छ । जीवनलाई मोडल छिरिङ शेर्पाले साथ दिएकी छन् । पोखरा र मुस्ताङमा करिब ४ दिन लगाएर छायांकन गरिएको यस गीतमा शब्द ,संगीत मनिष श्रेष्ठको रहेको छ । मेलिना राई र मनिष श्रेष्ठको आवाज रहेको यस गीतको भिडियो लाई चक्र बराल (बाशु ) ले छायांकन र शिलन लम्सालले सम्पादन गरका हुन् । गीतलाई परिकल्पना भने बिशेष पन्तले गरेका हुन् । महादेव त्रीपाठीको बिशेष सहयोग निर्माण भएको यस गीतमा राजेन्द्र गिरि ( गुन्द्रुके) तथा समनराज र महादेव त्रिपाठीको पनि प्रमुख अभिनय रहेको छ । भिडियोको प्रोडक्सन डिजाईनर भने राजेन्द्र गिरि ( गुन्द्रुके) र समान राजले गरेका हुन् ।