‘मेरो दिल छ पोखरामा’ विशेष शो सम्पन्न

शंकर अधिकारी घायलको लेखन तथा निर्देशन रहेको फिल्म ‘मेरो दिल छ पोखरामा’ को विशेष शो मंगलबार एक विशेष कार्यक्रमका गणेश टाकिज धरानमा सम्पन्न भएको छ ।

फिल्म आम दर्शक तथा स्रोताले निकै मन पराएको फिल्मकी प्रस्तुतकर्ता कला राई महर्जनले बताइन । बिजि बर्मा फिल्मसको ब्यानरमा कला राईको प्रस्तुती रहने फिल्म तक्दिरको छायाँकन आगामी चैत्र२० गते बाट धरान र आसपासका रमणिय स्थानमा छायांकन हुने सो कार्यक्रममा घोषणा गरिएको छ । फिल्ममा रबि खड्का ,राजु पौड्याल ,श्रेया दुलाल,कसिस दाहाल, मेनुका माझी, गगां कुवर,लक्ष्मी श्रेष्ठ , विशाल सुनुवार ,सागर गुरु चौलागाईं ,शत्रुघन अन्सारी को अभिनय रहने भएको छ ।  कृष्ण पाण्डेको छायाँकन  , देव महर्जनको द्धन्द्ध , नृत्य राजन महर्जन ,राजेन्द्र बजगाइ र रेखा पौडेल को संगीत ,नित्याशिवा र राजेन्द्र बजागाइको स्वर रहने छ ।