संजिव र कमलको ‘सात सुरमा’

- मेराेफिल्म

सन्जिब पराजुली र कमल खत्रीको स्वरमा रहेको ‘सात सुरमा’  बोलको गीत सार्वजनिक भएको छ । गीतमा कमलकै शब्द र संगीत छ । सेमी क्लासिकल फ्लेभरको गीतको भिडियोमा गायकद्वय कमल र सन्जिब फिचर्ड छन् । भिडियोमा वाद्यवादनका सदस्यहरु कृपेश ढकाल, एलेक्स डी प्रसन्न, अदित मगर, विक्रम थापा, रिकेश गुरुङ र कृष्ण सापकोटा पनि देख्न सकिन्छ । गीतमा गुरु चन्दन श्रेष्ठको तरना रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन छ । लक्ष्मण पौडेलको निर्देशन रहेको भिडियोमा अर्जुन तिवारी र उनको समूहको छायांकन छ । भिडियोमा सोहन मानन्धरको कलर करेक्सन र सम्पादन छ ।

२०७६ चैत ५ गते १२:१५ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *