‘प्रेम गीत ३’ साविक मिति मै प्रदर्शन तयारी

प्रतीक्षारत फिल्म प्रेम गीत ३ स्थगित नहुने फिल्म निर्माता तथा निर्देशक सन्तोष सेनले बताएका छन् । सामाजिक संजालमा एक पोष्ट सार्वजनिक गर्दै अहिलेको समय सम्म फिल्म रोक्ने कुनै तयारी नभएको उनले बताएका छन् । फिल्म प्रमोसन कै लागि ट्रेलर सार्वजनिक गर्ने अन्तिम तयारीमा टिम रहेको बताउदै, माहोल हेरेर निर्णय परिवर्तन गर्न सकिने उनले बताएका छन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, मनिष राउत, शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । आसुशेन फिल्मस् प्रोडक्सनको प्रस्तुति चैत २८ गते रिलिज हुनेछ । कल्याण सिंह र एलिश कार्कीको संगीत रहेको फिल्ममा राजेश श्रेष्ठले डिओपी, हिमाल केसीले एक्सन, कविराज गहतराजले कोरियोग्राफी र बनिश शाह, भूपेन्द्र अधिकारीले सम्पादन गरेका छन् ।