गेम अफ थ्रोनसका ‘टोरमन्ड’ लाई कोरोना संक्रमण

सिरिज ‘गेम अफ थ्रोनस’ का कलाकार टोरमन्ड अर्थात क्रिस्टोफर हेभजिउ कोरोना भाइरसबाट संक्रमित भएका छन् । स्वास्थ्यमा समस्या आएपछि परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि अहिले नोर्वेस्थित परिवारका साथ सेल्फ–क्वारेन्टाइनमा बसिरहेका छन् । सामाजिक सञ्जालमा पोस्ट गर्दै उनले लेखेका छन्, “माफ पाउँ, आज परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएपछि अहिले घरमै परिवारका साथ सेल्फ–क्वारेन्टाइनमा बसिरहेको छु । मलाई हल्का चिसोको लक्षण मात्रै देखिएको थियो ।”
कोरोना देखिए पनि स्वास्थ्य राम्रो भएको उनले जानकारी दिए । तर यसको संक्रमणका कारण धेरै व्यक्तिको स्वास्थ्य अवस्था चिन्ताजनक भएको हुँदा सबैलाई सजग रहन आग्रह गरेका छन् । साथै उनले साबुनपानीले हात धुन र अरूबाट करिब १–५ मिटरको दूरी कायम राख्न पनि आग्रह गरेका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया