सर्यो ‘लक्का जवान’

कोरोना भाइरसलाई कारण बताउदै फिल्म ‘लक्का जवान’ हाल प्रदर्शन नहुने भएको छ ।  चैत २१ गते रिलिज हुने भनिएको फिल्म  पोस्टपोण्ड भएको हो । पहिला कन्फर्म गरिएको मितिमा फिल्म चल्न अप्ठ्यारो भएको कारण फिल्म हाललाई रोकिएको हो । डेब्यु निर्देशक शिवहरी पौड्यालले आगामी वर्षको भदौमा फिल्म प्रदर्शनको लक्ष्य राखिएको बताए ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझी कार्यकारी निर्माता रहेको फिल्ममा प्रियंका कार्की, दीलिप रायमाझी, सलोन बस्नेत, वर्षा सिवाकोटी, किरण केसी, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, सरोज खनाललगायतका कलाकारको अभिनय छ ।