‘फिल्मका लागि दीर्घकालीन राहत प्याकेज’ मन्त्री खतिवडा

फिल्म क्षेत्रमा कोरोना भाइरसको असर बारेमा जानकारी गराउन फिल्म निर्माताहरूले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडासँग भेट गरी छलफल गरेका छन् ।

विश्व बाह्र फैलिएको यो संक्रमणका कारण अन्य क्षेत्र झैँ फिल्म ख्सेत्रमा समेत नकारात्मक प्रभाव पारेको छ । फिल्म छयांकन र प्रदर्शन मिति सर्दै गर्दा ठुलो आर्थिक क्ष्यति बेहिर्नु परेको छ निर्माताले ।

यसै बिच फिल्मत्र क्षेत्रले बेहोर्नु परेको घाटालाई न्यूनीकरण गर्न नेपाल चलचित्र सङ्घले नेपाल उद्योग वाणिज्य महासङ्घको पहलमा मन्त्री खतिवडालाई भाइरसले पारेको प्रभावका बारेमा ज्ञापन पत्र बुझाउँदै राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।

यसबारे छलफल गर्दै मन्त्री खतिवडाले कोरोना भाइरसले नेपाली अर्थतन्त्रमा पार्न सक्ने प्रभावका बारेमा अध्ययन भइरहेको जानकारी गराए भने नेपाली फिल्म उद्योग पनि सो असरबाट प्रभावित भएकोमा जानकार रहेको बताए । साथै दिर्घकालिन राहत प्याकेजको तयारी रहेको बताए । उनले चलचित्र सङ्घका पदाधिकारीलाई ज्यादै आतङ्कित हुनुपर्ने अवस्था नभएको बताएका छन् ।

उद्योग वाणिज्य महासङ्घका अध्यक्ष मधुसूदन प्रधानले सिनेमा हलमा कोरोना भाइरसको जोखिम न्यूनी करण गर्नका लागि उच्च सतर्कताका साथ सरसफाइ गरिरहेको र स्यानिटाइजरको व्यवस्था गरिएको जानकारी गराए ।

उनले कोरोना भाइरसको प्रभावले हाल फिल्म हलमा दर्शकको सङ्ख्या न्यून भए पनि दैनिक रूपमा विभिन्न किसिमका राजस्व तथा कर तिरिरहनु परेको गुनासो गरे ।

छलफलमा सहभागी हुन चलचित्र सङ्घका महासचिव अशोक शर्मा, उपमहासचिव गोपालकाजी कायस्थ, कार्यसमिति सदस्य सदस्यहरू भास्कर ढुङ्गाना, अभिनेता दीपकराज गिरीलगायत उपस्थित थिए ।