‘ए मेरो हजुर ४’ मा सरोज खनाल

कोरोनाका वावजुद छायंकनमा रहेको फिल्म ‘ए मेरो हजुर ४’ मा सरोज खनालको इन्ट्री भएको छ । सामाजिक संजालमा पोस्ट गर्दै उनले आफु फिल्ममा आबद्ध भएको जानकारी दिएका हुन् । फिल्म छायांकनको लागि टिम काठमाडौं बाहिर रहेको छ ।

फिल्म आगामी बर्षको कार्तिक ७गतेबाट प्रदर्शनमा आउने छ । फिल्ममा अनमोल केसी, सुहाना थापा, सलोन बस्नेतको साथ्मा अनमोलको कुकुर ‘कोको’ समेत रहने छ । फिल्ममा बसन्त सापकोटाको संगीत रहने छ । यहि फिल्म मार्फत नायक केसीले समेत पहिलो पटक एक नायिकासंग दोहोर्याएर पहिलो पटक काम गरेका छन् । सुनिलकुमार थापाको निर्माणमा झरना थापाले फिल्म निर्देशन गर्नेछिन् ।