३० अप्रिलसम्म फिल्म हल बन्‍द गर्ने सरकारको निर्णय

नेपाल सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको छ।

बुधबार उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको उच्चस्तरीय समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। साथै सरकारले फिल्हसँगै खेलस्थल, जिम, डान्स बार तथा क्लब लगायतलाई बन्द गर्ने निर्णय गरेको छ।

कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण उच्च स्तरीय समन्वय समितिको निर्णय नम्बर २को बुँदामा ३० अप्रिलसम्मलाई ती क्षेत्र बन्द गर्ने निर्णय बुधबार गरेको हो।

बुँदामा भनिएको छ, ‘सिनेमा हल, सांस्कृतिक केन्द्रहरू, रंगशाला, खेलस्थल, जीम, हेल्थ क्लब, म्युजियम, स्वीमिङ पुल, मनोरञ्जन स्थान, डान्स बार तथा क्लब आदिलाई ३० अप्रिल २०२० सम्म बन्द गर्ने।’

यसको अनुगमानका लागि गृहमन्त्रालय, संस्कृतिक, पर्यटन तथा नागरिक उड्डायन मन्त्रायल र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई दिइएको छ।