सरकारको निर्णय प्रति हलवाला सकारात्मक

विश्वमा नै त्रासदीपूर्ण वातावरण सिर्जना गरेको कोरोना भाइरसको नेपालमा आउन सक्ने सम्भाव्य खतरालाई ध्यानमा राख्दै नेपाल सरकारले फिल्म हल बन्द गर्ने निर्णय गरेको छ । यसको प्रत्यक्ष असर हल व्यवसायी माथि पर्ने देखिएको छ । करिव डेढ महिना सम्म हल बन्द हुदा अर्थतन्त्रमा ठुलो असर पर्ने कुरालाई नकार्न सकिन्न । तर मेरो फिल्मसंगको कुराकानीमा फिल्महल व्यवसायीले सरकारको निर्णयलाई सकारात्मक रुपमा लिएको देखियो ।
हेरौ के भन्छन्, त हल संचालक:

भास्कर ढुंगाना, क्युएफएक्स : सरकारको निर्णय मान्छौ ।

उमेश गिरी, वान सिनेमाज/ म्यानेजर : सरकारको निर्णय स्वागत योग्य छ । आमजनताको स्वास्थ्य प्रति देखाइएको यो चासो सर्हानिय छ । आशा गरौ कोरोनाको प्रकोप चाडै अन्त्य होस् ।

गोपाल काजी कायस्थ हल संचालक/वितरक : सरकारको निर्णय स्वागतयोग्य छ । यसमा हाम्रो एक्यबद्धता छ ।

दिपेश शर्मा, वीग मुभिज/सीइओ : सरकारको औपचारिक जानकारी पश्चात हल बन्द गर्छौ । बन्द गर्ने निर्णयले हामी माथि ठुलो आर्थिक बोज पर्ने छ । क्षतिपूर्तिको लागि माग गरेका छौ । हेरौं के हुन्छ ।

प्रदीप कुमार उदय, द्वारिका सिनेमा बुटवल/अध्यक्ष : नयाँ फिल्म चलेको थिएन ।  स्वास्थ्यलाई लिएर सबै गम्भीर हुन जरुरी छ ।  सरकारको निर्णयमा हामी साथ दिन्छौं ।