अक्षय कुमार परिवारसँग समय बिताउँदै

बलिउड फिल्म उद्योग ‘लक डाउन’ भए पनि बलिउड सेलिब्रेटीहरु घरमा आफ्नो परिवारसँग समय गुजारिरहेका छन् ।

कोरोना भाइरसका कारण फिल्म सूर्यवंशीको प्रदर्शन सरेपछि अक्षय कुमार पत्नी ट्विङकलका अनि छोरी नितारासँग घरमा समय बिताइरहेका छन् ।

अक्षय कुमारको घरमा बस्नुको साटो ट्विङकल आफ्नो आगामी किताबमा काम गर्न चाहन्थिन् तर त्यो भने हुन सकेन ।

यता, अक्षय कुमारकी श्रीमती ट्विङकल इन्स्टाग्राममा आफ्नो तस्बिर हालेकी छिन् । उनले भनेकी छिन्, ‘मैले सोचेकी थिए की जब अक्षयले छोरी नितारालाई राख्नेछन्, त्यतिबेला म आफ्नो किताबको काम गर्नेछु । तर मेरो मनमा घुमिरहेको मानिस (किताबको पात्र) त्यतिबेलासम्म कुरा गर्दैनन् जबसम्म जम म अर्कोसँग बस्छु र कुराकानीमा व्यस्त रहन्छु ।’


उनले आगामी लेखन यात्रा स्पोट बाथरुम भएको खुलाएकी छिन् । यसले ट्विङकल अक्षय र नितारको कुरासँग वाक्कदिक्क छिन् किनकी उनी आफ्नो काममा फोकस गर्न सकीरहेकी छैनन् ।

अक्षर कुमारकी छोरी नितारा ७ वर्षकी छिन् । छोरा आरव भने विदेशमा पढिरहेका छन् । निताराको जन्म सन् २०१२ मा भएको हो ।

खासमा ट्विङकल किताब लेख्न मन पराउँछिन् । अहिलेसम्म उनले ‘मिसेज फनी बोन्स’, ‘द लिजेन्ड अफ लक्ष्मी प्रसाद’ तथा ‘पायजामा आर फोरगिभिङ’ पुस्तक प्रकाशित भइसकेका छन् ।