युट्युबमा नाटकहरु

- मेराेफिल्म

नाटकका दर्शकहरुको लागि खुशीको खबर छ । शिल्पी थिएटरमा मन्चन भैसकेका पुराना नाटकहरु थिएटरकै युट्युब च्यानलमा राख्न थालिएको छ । हरेक महिना २ वटा नाटक युट्युबमा हाल्ने योजना शिल्पीको छ । च्यानलमा अहिलेसम्म ५ वटा नाटक हालिसकिएको छ । ‘बाथटब’, ‘समाजका नाइके’ लगायतको नाटक राखिसकीएका छन् ।

विदेशमा भएका दर्शकहरु र नाटक हेरिसकेका दर्शकले पनि फेरि हेर्न पाउन भनेर यसरि नाटकहरु युट्युबमा राखिएको हो । नयाँ र पुनः मञ्‍चन हुने नाटकहरु भने युट्युबमा राखिने छैन ।

२०७६ चैत ६ गते ९:२१ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *