आलियाकी आमाले मागिन् माफी

कोरोना भाइरसलाई नियन्त्रणमा लिनको लागि भारतीय एयरपोर्टमा समेत स्वास्थ्य जांच भैरहेको छ । यहि बीच एक भिडियो आलिया भट्टकी आमा सोनी राजदानले सामाजिक संजाल मार्फत सेयर अग्रेकी थिइन् । भिडियो मार्फत उनले एयरपोर्टमा हुने सम्भावित समस्याको विषयमा जानकारी दिन चाहन्थिन् । तर उनको कुराको ठिक विपरित गलत प्रचार भएको कारण उनले माफी समेत माग्न पर्यो  । अन्तत उनले ट्वीट समेत हटाउन पर्यो ।

सोनीले सेयर गरेको भिडियोमा एयरपोर्टमा भएका यात्रीले ड्युटीमा रहेका प्रहरी माथि ब्यक्त अग्रेको असन्तुस्टीलाई देखाईएको थियो । भिडियो सेयर गर्दै उनले ‘नयाँ दिल्ली अन्तर्राष्ट्रिय विमानस्थलको टि३मा आजको अवस्था यस्तो छ । यहाँ आउने यात्रु संग पासपोर्ट समेत लिईएको छ । यो तब सम्म फिर्ता गरिएको छैन जब सम्म सम्पूर्ण टेस्ट पुरा हुदैन । यहाँ सम्म की भारतीय पासपोर्ट बहेका भारतीयलाई समेत बाहिर जान दिइएको छैन  यात्री प्रहरी संग चिच्याउदै ‘हामीलाई मार’ भन्दै छन्।’ लेखेकी छन् ।

सोनीको ट्वीट देख्ना साथ् दिल्ली एयरपोर्ट अथोरिटीको अफिसियल ट्वीट ह्यान्डील मार्फत जवाफ आएको थियो । त्यहाँ लेखिएको थियो,’प्रिय म्याम, चर्चामा रहेको भिडियो पुरानो हो । हाल सम्पूर्ण व्यवस्था व्यवस्थित छ । सम्पूर्ण जांच सामान्य तरिकाले हुदै छन् । यात्रीको असुविधालाई ध्यानमा राख्दै काम भैरहेको छ।’

ट्रोल भए संगै उनले माफी मागेकी छन् । र ट्वीट हटाएकी छन् ।