घरको सफाईमा व्यस्त दीपिका पादुकोण

विश्व भर कब्जा जमाउन सफल कोरोना भाइरसको प्रभाव भारतमा समेत परेको छ । घर भन्दा बाहिर नजान सरकारले सल्लाह दिएको छ । फिल्मको छायांकन बन्द छ । केही काम नभएको अवस्थामा भारतीय नायिका दीपिका पादुकोण भने घरको सरसफाई र आफ्नो स्याहारमा लागेकी छन् ।

छापाक एक्ट्रेस दीपिकाले हाल सालै इन्स्टाग्राममा एक तस्विर सेयर गरेकी छन् । तस्विरमा उनी फेस मसाजमा ब्यस्त छिन् । साथै उनले लेखेकी छन् ‘सिजन १, एपिसोड २१ कोभिड-१९को समयमा प्रोडक्टिभिटी’ । साथ साथ उनले आफैलाइ गर्ने प्यार र स्याहार समेत लेखेकी छन् । यस अघि एक पोस्ट सेयर गर्दै उनी घरको सरसफाईमा ब्यस्त रहेको जानकारी दिएकी थिइन् ।

 

View this post on Instagram

 

Season 1:Episode 2 Productivity in the time of COVID-19!? #selflove #selfcare

A post shared by Deepika Padukone (@deepikapadukone) on

पेरिस फेसन विकको लागि फ्रान्स जाने तयारीमा रहेकी उनले कोरोना कै कारण कार्यक्रममा उपस्थिति जनाउन नसक्ने बताएकी थिइन् । मार्च ३१ सम्मको लकडाउनका कारण उनी परिवारको साथ घरमा समय बिताउदै छिन् । छपाक पश्चात उनी आफ्ना पतिको साथ् ‘८३’ मार्फत देखिदै छिन् ।