प्रियंका चोपडाले कोरोनाबारे डब्लूएचओका निर्देशक टेड्रोससँग कुरा गर्ने

काठमाडौं- अभिनेत्री प्रियंका चोपडाले सामाजिक सञ्जालमा भिडियो जारी गर्दै कोरोनाबाट बच्न विश्व स्वासथ्य संगठनका जनरल डा. टेड्रोससँग कुराकानी गर्ने बताएकी छिन् ।

सामाजिक सञ्जाल इन्स्टाग्राम र फेसबुकमा भिडियोमार्फत उनले आफू र निक जोनस पछिल्लो ८ दिन आफ्नो घरमै बसेको बताएकी छिन् ।

उनले उक्त भिडियो राति १ बजे अपलोड गरेकी हुन ।

उनले उक्त भिडियो पोस्ट गर्दै भनेकी छिन्, ‘मलाई थाहा छ की कोभिड१९को बारेमा धेरै जानकारीहरु विश्वभर घुम्दैछ।तर तपाइमध्ये कसैलाई यसको उत्तर थाहा छैन। त्यसकारण म डब्लूएचओका महानिर्देशक डा. टेड्रोस, कोभिड१९का लागि टेक्निकल लिड मारिया वान केरखोब तथा ग्लोबल सिटिजनका सिइओ ह्यूग इवांससँग लाइभ कुरा कानी गर्नेछु ।’

उनले उक्त लाइभ कुराकानी आफ्नो फेसबुक पेजमा बिहीबार दिउँसो १२:3० बजे गर्ने बताएकी छिन् । उनले उक्त भिडियोसँग जोडिन सबैलाई आग्रह गरेकी छिन् ।