सलमान खानसँग काम गर्न पूजा हेगडेले मागिन् चार गुणा बढी पैसा

काठमाडौं- नायिका पूजा हेगडेले सलमान खानसँग काम गर्नका लागि चार गुणा बढी पैसा माग गरेकी छिन्।

हाउसफुल ४ तथा अलू अर्जुनसँग अला बैकुण्ठपुरामुलु’बाट करियर बनाउँदै हिट भएकी उनले सलमान खानसँग काम गर्न दोब्बर पैसा माग गरेकी हुन।

उनले गर्न लागेकी फिल्म ‘कभी इद कभी दिवाली’मा देखिनेछिन्। बलिउड हांगामा छापिएको रिपोर्ट अनुसार उक्त फिल्म प्रदर्शनका लागि पूजाले आफ्नो बाँकी रकमभन्दा चारगुणा बढी रकम माग गरेकी हुन।

मनोरञ्जन उद्योग सफलतासँग चल्ने र सफलताका लागि फिस बढाउनु पर्ने भएकाले नायिकाले आफ्नो फीस बढाएकी बलिउड हांगामाले समाचार प्रकाशित गरेको छ।

यसका साथै अर्को फिल्ममा पूजा प्रभाससँग देखिनेछिन् जसको नाम हुने ‘जान’ हुनेछ। यो फिल्मको सुटिङ केही दिनदेखि जर्जियामा चलिरहेको थियो।फिल्मको सुटिङ सकिएपछि उनी चाँडै नै भारत फर्किनेछिन्।