सेल्फ क्वारेन्टाइनमा गायक दीपक बज्राचार्य एण्ड टीम (तस्विर सहित)

- मेराेफिल्म

गायक दीपक बज्राचार्य अस्ट्रेलिया टुर स्थगन गरी स्वदेश फर्किएर सेल्फ क्वारेन्टाइनमा बसेका छन् । उनीसँग टुरमा गएका उनको टीम पनि सेल्फ क्वारेन्टाइनमा बसेको गायक ब्रजाचार्यले मेरो फिल्ममलाई जानकारी दिए ।

उनले भने, ‘ म सहितका मेरो टीम अष्ट्रेलियामा २ महिनाको लागि कन्सर्ट गर्न गएका थियौ । तर कोरोनाले विश्‍वभर आतंक फैलिएको थाहा पाएपछि दुई हप्तामै स्वदेश फर्किहाल्यौ । हामी अहिले सेल्फ क्वारेन्टाइनमा बसिरहेका छौ।’

उनले सरकारले गरेको निर्णय पालना सबैले गर्नु पर्ने भन्‍दै आफूले पनि कोरोना भाइरसबाट बच्‍न सचेत घरबाटै भिडियोमार्फत गर्ने बताएका छन् । यसअघि सरकारले सरकारले फिल्म हल बन्‍द गर्ने र २५ जनाभन्दा बढी भेला नहुन आम सर्वसाधारणमा आग्रह गरिसकेको छ ।

तस्विर : दीपक बज्राचार्य

 

 

 

 

२०७६ चैत ७ गते ११:०२ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *