कोरोनाले रोकियो फिल्म ‘ए मेरो हजुर-४’को सुटिङ

सरकारले फिल्म हल बन्द गर्ने र २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेसँगै बहुप्रतिक्षित फिल्म ‘ए मेरो हजुर-४’को सुटिङ रोकिएको छ।

४० जनाभन्दा बढी सुटिङमा भएको र सरकारको निर्णय अनुसार भेला हुने संख्या धेरै भएकाले फिल्मको सुटिङ तत्कालका लागि रोकिएको निर्माता सुनिल कुमार थापाले मेरोफिल्मलाई जानकारी दिए।

उनका अनुसार फिल्मको सुटिङ ४० प्रतिशत सकिसकिएको ६० प्रतिशत अझै बाँकी रहेको छ। यसका साथै हाल पाटनमा चलिरहेको सुटिङलाई स्थगन गरिएको उनले बताए।

यता, फिल्मको सुटिङ प्याकेज अन्तर्गत ब्रेक डेको रकम नलिने फिल्मका छायाँकार तथा प्रविधिक संयोजक संजय लामाले बताएका छन्। उनले भने, ‘हामी २५ दिनको प्याकेज दिन्छौ। तर अब सुटिङको ब्रेक डेको भने पैसा लिँदैनौ।अब सुटिङ पुरानै बजेटमा काम गर्छौ।’