कामबिहिन भएका फिल्मकर्मीहरुलाई नेटफ्लिक्सले आर्थिक सहयोग गर्ने

कोरोना भाइरसका कारण फिल्म उद्योग अस्त ब्यस्त छ । बनिरहेका फिल्महरुको काम रोकिएको छ जसका कारण धेरै मानिसहरु कामबिहिन हुन् पुगेका छन् । यस्तैमा नेटफ्लिक्सले त्यस्ता फिल्मकर्मीहरु लाई राहत स्वरुप आर्थिक सहयोग गर्ने घोषणा गरेको छ । त्यसको लागि नेटफ्लिक्सले १०० मिलियन डलरको कोष खडा गरेको छ । नेटफ्लिक्सले ‘स्ट्रेन्जर थिन्ग्स’, ‘द विचर’ र ‘रसियन डल’ मा काम गरेका कलाकार तथा प्राबिधिकहरु लाई सहयोग गर्ने उधेश्य राखेको छ ।

चिफ कन्टेन्ट अफिसर टेड सारनडोसले पहिले फिल्मकर्मीहरुले आफुहरुलाई साथ दिएको हुनाले कठिन घडीमा आफुहरुले उनीहरुलाई सहयोग गर्न लागेको बताए । उनका अनुसार कोषले सबै भन्दा बढी प्रभावित फिल्मकर्मी लाई सहयोग गर्नेछ । साथै उक्त कोषबाट १५ मिलियन डलर भने नेटफ्लिक्स बाहिरका फिल्मकर्मीहरु लाई दिईनेछ ।