युवराज चौलागाईं को ‘देवतालाई भाकी’ सार्वजनिक

गायक युवराज चौलागाईंको नयाँ गीत सार्वजनिक भएको छ । ‘देवतालाई भाकी’ बोलको उक्त गीतमा कौशिला खनालको शब्द रचना रहेको छ भने गायक चौलागाईं स्वयम् कै संगीत रहेको छ । उदयराज पौडेलले एरेन्ज गरेको गीत श्यामस्वेत रसाइलिले मिक्सिङ गरेका हुन् ।

गीतको भिडियोमा गायक चौलागाईंसँगै अभिनेत्री मेनुका प्रधानले अभिनय गरेका छन् । भुषण दाहालले निर्देशन गरेको भिडियोको छायांकन जीवन रिजाल र सम्पादन भारत रेग्मीले गरेका हुन् । भिडियोको छायांकन चितवनको मेघौली गरिएको हो ।