कार्यक्षेत्रमा सतर्कता अपनाउन फोटो पत्रकार क्लबको अपिल

फोटो पत्रकार क्लब, नेपालले बिभिन्न संञ्चार माध्यममा कार्यरत फोटो पत्रकारहरुका लागी कोरोना भाईरस (कोभिड १९) रोकथाम तथा नियन्त्रणका लागि सुरक्षा तथा सतर्कताका सबै उपायहरु अवलम्बन गर्नका साथै कार्यक्षेत्रमा खटिदा सुरक्षित रहेर कार्य गर्न सबै फोटो पत्रकारहरुलाई अनुरोध गरेको छ ।
क्लबका प्रबक्ता दिपेश श्रेष्ठले जारी गरेको सूचनामा कोरोना (कोभिड–१९) का बारेमा तस्बिर संकलन तथा सम्प्रेषण गर्दा निम्न कुराहरुमा ध्यान दिनुपर्ने उल्लेख गरिएको छ ।
१. कार्यस्थल (कार्यालय वा फिल्ड) मा जाँदा रोकथामका अधारभूत उपायहरु अपनाऔं ।
२. कामका फिल्डमा खटिदा सकेसम्म अलि टाढै बसी तस्बिर खिचौ ।
३. जहाँसम्म अनुमती छ त्यही सम्म मात्र गएर तस्बिर खिचौ ।
४. संक्रमित वा हुनसक्ने स्थानहरुमा सकेसम्म नजाउ, जानैपरे सुरक्षाका आधारभूत सामग्री वा साधन प्रयोग गरी मात्र जाउ ।
५. इमेलमार्फत् तस्बिर फाइल गरौं ।
६. सम्भव भएसम्म घरबाटै काम गर्ने वातावरण मिलाऔं र गरौं ।
७. अत्यावश्यक बाहेकका भेटघाटहरु नगरौं ।
८. समय समयमा साबुन पानीले हात धुने वा स्यानेटाईजरको प्रयोग गरौं ।
९. अनावश्यक रुपमा हातले आँखा, नाक मुखछुने नगरौ ।
१०. भेटघाटमा हात मिलाउने अंकमाल गर्ने भन्दा नमस्कार गर्ने गरौं ।
११. सकेसम्म भिडभाड हुने स्थानहरुमा नजाऔ ।
१२. भिडभाडमा जादा अनिवार्य मास्कको प्रयोग गरौं ।
१३. भिडभाड र कार्यलयमा रहदा ३ फिटको दुरी कायम गरौं ।
१३. सकिन्छ भने घर बाहिर जाँदा अर्काले छुएको बसेको कुर्सी र सामानमा आफ्नोले पनि छोएको छ भने लुगा धुने गरौँ ।
१४. ज्वरो आएको छ भने घरमै बसौँ । नआत्तिऔँ । ज्वरो, खोकी र सास फेर्न गाह्रो भए सरकारले दिएको नंबरमा फोन गरौँ । प्राप्त निर्देशन अनुसार पछि मात्रै अस्पताल जाऔं ।
१५. बृद्ध र दीर्घरोगी घरका अग्रजलाई बिषेश ध्यान दिऔं ।
१६. सरकार वा आधिकारिक निकाय तथा संस्थाहरुले जारी गरेको सुरक्षाका उपायहरु अपनाऔं ।
१७. सरकार तथा कोरोना नियन्त्रणका लागी खटिएका संघ संस्था तथा कार्मचारी आदीसँग समन्वय गदै आफ्नो कार्य गरौं ।

पत्रकारद्वय डंगोल र श्रेष्ठद्वारा संग्रहित पुर्व कुमारी बज्राचार्यको फोटो प्रदर्शनी…

प्रधानमन्त्री प्रचण्डलाई टोपी प्रदान गर्दै १० औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस …

‘पोखरा सडक महोत्सव’मा जे देखियो (फोटो फिचर)

‘पोखरा सडक महोत्सव’ सुरु, झाँकीमा रमाए पर्यटक (फोटोफिचर)

भ्याली ग्रुप तयारी खाध्यमा आक्रामक बन्दै, भ्याली एक्सप्रेसको सातौ चेन पुल्चोकमा

परिवारको आग्रहमा यो समाचार हटाइएको छ ।

सम्बन्धविच्छेद पछि जेरीको टिप्पणी, ‘तिमिले दिएका हर आँशुको थोपालाई मोति बनाउ…

प्रतिक्रिया