नरेन्द्र मोदीले शेयर गरे कार्तिक आर्यनको अपिल

बलिवुड अभिनेता कार्तिक आर्यनले ट्वीटरमा पोस्ट गरेको कोरोना सम्बन्धि भिडियो भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदीले शेयर गरेका छन् । कार्तिकले आफ्नो फिल्म ‘प्यारका पन्चनाम’ स्टाइलमा मोनोलग भिडियो पोस्ट गर्दै नरेन्द्र मोदीको समर्थन गर्दै सोसल डिस्टान्सिङ्ग नै कोरोना संग लड्ने एक मात्र तरिका भएको बताएका थिए । उनले भिडियो मार्फत मानिसहरुलाई घरबाट बाहिर ननिस्किन अपिल पनि गरेका छन् ।

हालै प्रधानमन्त्रि मोदीले धेरै भन्दा धेरै समय घरमै बस्न संदेश दिएका थिए ।