आतंकित नबनौं, आतंकित नबनाउँ : रेखा थापा

अभिनेत्री रेखा थापाले कोरोना सम्बन्धि संदेश दिदै आतंकित नबन्न र अरुलाई पनि आतंकित नबनाउन आग्रह गरेकी छिन् । उनले भाइरसबाट बाँच्ने सबैभन्दा उत्तम उपायनै साबधानी हो भन्दै साबुन पानिले हात मिचीमिचि धुने, स्यानीटाइजरको प्रयोग गर्ने, स्यानीटाइजर नभएको खण्डमा साबुन पानी प्रयोग गर्ने, खोक्दा हछिउँ गर्दा कुहिनोले मुख छोप्ने लगायतका सन्देशहरु दिएकी छिन् ।

उनले बिनाकाम हातले नाक, मुख, आँखा नाछोऔं भन्दै आवश्यक परे मात्र घरबाट बाहिर निस्किऔ भनेकी छिन् । उनि थप्छिन -‘अहिले सम्म नेपालमा कोरोनाको संक्रमण नदेखिएको कारणले धेरै आत्तिनु पर्ने छैन तर साबधानी चाँही सबैभन्दा ठुलो कुरा हुन्छ’ ।

पुरा संदेशको लागि भिडियो हेर्नुहोस :

Celebrity Message – Rekha Thapa | Coronavirus

Celebrity Message – Rekha Thapa | Coronavirus

Gepostet von Merofilm am Samstag, 21. März 2020

उनि अहिले आफ्नो आगामी फिल्मको स्क्रिप्टको काम गरिरहेकी छिन् ।